शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारलाई गिज्याउँदै गौरवका आयोजना

सरकारलाई गिज्याउँदै गौरवका आयोजना

  • 5.1K
    SHARES
  • काठमाडौं । सरकारले मुलुकभरमा सबैभन्दा बढी महत्व दिएको भनिएका राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट खर्च गर्न सकेको छैन। राष्ट्रिय गौरवका आयोजनामा हुने गरेको ढिलासुस्ती र बजेट खर्च नगर्ने प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्जाइरहेको छ। अहिले मुलुकभर राज्यले महत्व दिएका आयोजना २२ वटा छन्। सरकारी अधिकारीहरुका अनुसार यी आयोजनामा गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुन सकेको छैन। सरकारले आर्थिक वर्ष २०७५/७६ मा मेलम्ची खानेपानी आयोजनामा पाँच अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर खर्च भने दुई अर्ब ४२ करोड रुपैयाँमात्र गर्न सकेको छ। करिब तीन दशकदेखि निर्माणाधीन उक्त आयोजनामा विनियोजित बजेट खर्च हुन नसकेपछि निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्नेबारे अझै अन्योल रहेको अधिकारीहरू बताउँछन्। सरकारले चालू आर्थिक वर्ष उक्त आयोजना सम्पन्न गर्ने दाबी गरेको छ। नागरिक दैनिकमा खबर छ ।
    २०७६ श्रावण १५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७६ बुधवार - १६:४०:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology