काठमाण्डौँ । पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात भएको छ । नेपालगन्जबाट बुद्धएयरमार्फत काठमाडौं आउँदै गर्दा विष्टलाई हवाईजहाजमै हृदयाघात भएको हो ।
पूर्वमन्त्रीलाई अचानक हृदयाघात भएपछि जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको थियो । अहिले उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । विष्ट शेरबहादुर देउवाको पालामा सूचना तथा सञ्चार राज्यमन्त्री भएका थिए ।
२०७६ साउन १९ गते प्रकाशित