शिवराज आचार्य
धादिङ बेशी । प्रयास नेपाल धादिङको १८ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम धादिङ बेशीमा सम्पन्न भएको छ ।
वि.स २०५८ सालमा धादिङको साङकोसमा स्थापना भएको संस्थाले जिल्लामा विभिन्न कार्यक्रम गदै आइ रहेको छ । धादिङका विभिन्न स्थानीय तहमा प्रयास नेपालले काम गर्दै आएको छ । प्रयास नेपाल ले महिला तथा बालबालिका ,खानेपानी ,स्वास्थ्य शिक्षा र जिविको उपार्जनमा लक्ष्यित गरेर काम गरेका छ ।

यश संस्थाले साझेदार संस्थाहरू सगं साझेदारी गरि गरिव नागरिक र आबश्यक पर्ने ठाउँमा संस्थाले काम गरिरहेको छ ।
संस्थाले धुनिबेशी ,थाक्रे,गजुरी बेनिघाट रोराङ र सिद्वलेक लगायतका स्थानीय तहमा काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।
संस्थाले शिक्षा ,जिविकोपार्जन,स्वास्थ्य र पैरवी का लागि युनाइटेड मिसन टु नेपाल ,शिक्षा र विद्यालयकक्षा कोठा निर्माण का लागि युएम एन ,महिला तथा किशोरी हिंसा विरूद्वको कार्यक्रमका लागि ईन्फान्ट एण्ड डेभलफेन्ट ,बेटर ब्रिक नेपाल कार्यक्रम ग्लोवल फेयरनेशन ईनिसियटिभ ,पूणिर्मा कार्यक्रमका लागि अक्सफाम र सिद्वलेक साना किसान सबलिकरण कार्यक्रम हेफर इन्टरनेशनल र सिद्वलेक गाउँपालिकाको साझेदारी मा काम गर्दै आएको संस्थाको अध्यक्ष सावित्री अर्यालले बताउनु भयो ।

सामाजिक लेखा परिक्षण कार्यक्रमा प्रयास नेपालले गय आर्थिक वर्षमा सञ्चालन गरेका र सम्पन्न भएका योजनाहरूका बारेमा संस्थाका कार्यकारी निर्देशक अर्यालले बताउनु भएको थियोे । कार्यक्रम सहभागी भएका स्थानीय नागरिकहरूले अहिले सम्पन्न संस्थाले गरेको काम राम्रो रहेको र आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गरेकाथिए ।
कार्यक्रम मा विभिन्न आमा तथा महिला समूह बाल क्लब सञ्चार माध्यम र पत्रकार हरू लाई संस्थाले सम्मान गरेको छ । सम्मान कार्यक्रमबाट रेडियो राजमार्ग र नागरिक पाटी डट कम समान भएको हो ।
२०७६ श्रावण २४ गते प्रकाशित