शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिशूली दुर्घटनामा हराइरहेकाहरुको खोजी कार्य जारी

त्रिशूली दुर्घटनामा हराइरहेकाहरुको खोजी कार्य जारी

  • 5.6K
    SHARES
  • धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा परि हराइरहेकाहरुको खोजी जारी छ । अहिले सेना र प्रहरीले खोजी गरिरहेका धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । शुक्रबार दिउँसोदेखि नै खोजी कार्य रोकिएको थियो । सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस हिजो विहान धादिङको सलाङघाटबाट त्रिशूलीमा खसेको हो । दुर्घटनामा कति यात्रु थिए भन्ने अहिलेसम्म यकिन भएको छैन । तर ४५ जना गाडीमा रहेका घाइते यात्रुले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका अजय दास, विजय कुर्मी, सर्लाही मलंगवाका सुनिल कुमार श्रीवास्तव, उहाँकी श्रीमती मिना र सर्लाही हरिवनका विनोदप्रसाद उप्रेतीको मात्रै परिचय खुलेको प्रहरीको भनाई छ । अन्य ४ जनाको परिचय खुल्न बाँकी छ । घाइते १६ जनामध्ये ७ जनाको काठमाण्डौको ट्रमा सेन्टर र गजुरी अस्पताल धादिङमा उपचार भइरहेको छ । २०७६ साउन २५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०७६ शनिवार - १८:०१:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology