शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अन्ततः नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल, प्रचारमा श्रेष्ठ, संगठनमा गौतम

अन्ततः नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल, प्रचारमा श्रेष्ठ, संगठनमा गौतम

  • 5.3K
    SHARES
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले लामो विवादपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो । स्रोतका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको थियो । यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ । शुक्रवार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो । त्यस्तै सातवटा प्रदेशमा थप दुई(दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन(तीनजना सहइन्चार्ज रहनेछन् । बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डितलगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुखनै बनेका छन् । माधव नेपाल विदेश विभाग प्रमुख भएका छन् भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा पुगेका छन् । जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ । २०७६ साउन ३१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - ०१:१६:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology