शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाका विभागले पाए नेतृत्व, पार्टी उपाध्यक्ष पद सिर्जना गरी गौतमलाई जिम्मा

नेकपाका विभागले पाए नेतृत्व, पार्टी उपाध्यक्ष पद सिर्जना गरी गौतमलाई जिम्मा

  • 3.6K
    SHARES
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले ३३ विभाग, प्रदेश सह–इन्चार्जको जिम्मेवारी टुंग्याएको छ । पार्टी एकताको करिब डेढ वर्ष बित्न लाग्दासमेत नेताहरू जिम्मेवारीविहीन भइरहेको समयमा सचिवालयले शुक्रबार जिम्मेवारी बाँडफाँड टुंग्याएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभाग र प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी टुंग्याएको हो । प्रदेश सह–इन्चार्जमा दुईरदुई जना थप्ने निर्णय गरेको छ । बैठकले शुक्रबार नै तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतमलाई एकतापछि पनि पार्टीको उपाध्यक्षसहित संगठन विभागको जिम्मेवारी दिएको छ । लामो समयदेखि विवादमा रहेको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् । त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् । बैठकले पार्टीका ३३ वटै विभागको जिम्मेवारी टुंगो लगाएको हो । ३३ विभागमध्ये १९ पूर्वएमाले र १४ मा पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । राजधानी दैनिकमा खबर छ । २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १५:४४:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology