शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ निलकण्ठकी रुद्रकुमारी रिजाललाई प्रवलिकरण गरिएको घर हस्तान्तरण, जिल्लाभर २० वटा घरको मात्र प्रवलिकरण

धादिङ निलकण्ठकी रुद्रकुमारी रिजाललाई प्रवलिकरण गरिएको घर हस्तान्तरण, जिल्लाभर २० वटा घरको मात्र प्रवलिकरण

  • 7.1K
    SHARES
  • शिवराज आचार्य धादिङ (निलकण्ठ) । धादिङको निलकण्ठ नगरपालिका ३ रिजालगाउँमा प्रवलिकरण गरिएको भुकम्प प्रतिरोधी घर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । विभिन्न सँघ सँस्थाको सहयोगमा प्रबलिकरण गरिएको दुईतले ढुँगा माटोको घर स्थानिय रुद्रकुमारी रिजाललाई हस्तान्तरण गरिएको हो । युके एड, यु ए न ओ पि स, बिल्ड चेन्ज र बिबिसी मिडिया एक्सनको सहयोगमा गत जेठ २३ गते देखी प्रबलिकरण गर्न थालिएको घर साउन १८ गते सम्पन्न भएपछि आईतबार जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन तथा आवासका प्रमुख कोषनाथ अधिकारी र वडा अध्यक्ष होम प्रसाद रिजालले सँयुक्त रुपमा प्रवलिकरण सम्पन्न प्रमाणपत्र सहित हस्तान्तरण गरिएको छ । यस अघि विपन्न, एकल महिला तथा वृद्ध रुद्रकुमारी रिजाललाई उहाँको अवस्थाको मुल्याँकन गरेर सँस्थाले प्रवलिकरण गर्न घर छनौट गरेको थियो । घर प्रवलिकरणका लागि ३ लाख ८२ हजार ६ सय आठ रुपैँयाको लागतमा घर प्रवलिकरण भएको कार्यक्रममा जनाईएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै बिल्ड चेन्जका प्रोगाम म्यानेजर अनिल बस्तेतले उदाहरणको रुपमा घरलाई प्रवलिकरण गरी आज हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । उहाँले घरलाई बलियो तथा मजबुत बनाई प्रवलिकरण गरिएकाले अन्य नयाँ घर जस्तै यो घर भुकम्प प्रतिरोधी रहेको बताए । यस्तै बिल्ड चेन्जका ईन्जिनियर विष्णु प्रसाद पाण्डेले धादिङको निलकण्ठ ३, बेनिघाट रोराङ ५ र गजुरी ५ मा ३ वटा घर प्रवलिकरण गरेको बताए । यस्तै अहिले सम्म ३२ जिल्लामा १ सय १४ वटा घर प्रवलिकरण गरिएको पनि उनको भनाई छ । यस्तै स्थानिय घर धनि रुद्रकुमारी रिजालका छोरा रिसी रिजालले भुकम्पको ४ बर्ष सम्म पनि घर निर्माण गर्न नसकेको र विभिन्न सँघ सँस्थाको सहयोगले घर निर्माण हुँदा आफुहरुलाई खुसी लागेको बताए । भुकम्प अघिको जस्तै २ तले घर जस्ताको तस्तै आफुहरुले पाउँदा उनले खुसी प्रकट गरेका छन् । यस्तै स्थानिय जानुका रिजालले आफ्नो ढलान गरेर बनाएको भन्दा प्रवलिकरण गरिएको घर निकै नै मन परेको बताईन् । यो नमुना घरका कारण पुरानो ढुँगामाटोको घर पनि प्रवलिकरण गर्दा बलियो र भुकम्प प्रतिरोधी हुन्छ भन्ने स्थानियले थाहा पाएको बताए । यसैगरी कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन तथा आवासका प्रमुख कोषनाथ अधिकारीले प्रवलिकरणका कारण हाम्रो मौलिकता र सँस्कृतीको जर्गेना भएको भन्दै कम खर्चमा पहिलेको जस्तै ढुँगामाटोको बलियो घर निर्माण भएको बताएका छन् । अधिकारीले जिल्लामा २० वटा प्रवलिकरण गरिएको घर निर्माण भएको पनि बताएका छन् । उनका अनुसार पुर्ण क्षतिमा परेका ७३ प्रतिशतले तेस्रो किस्ता लिईसकेका छन् । यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष होम प्रसाद रिजालले प्रवलिकरण गरिएको ढुँगा माटोको घरको बारेमा सुरुमा अनभिज्ञ रहेको भन्दै अहिले घर निर्माण भएर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको पनि बताए । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ०२:३५:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology