शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

३ नम्बर प्रदेश फोटो पत्रकार समुहको अध्यक्षमा सिलवाल,धादिङ अध्यक्षमा मनिष दुवाडी

३ नम्बर प्रदेश फोटो पत्रकार समुहको अध्यक्षमा सिलवाल,धादिङ अध्यक्षमा मनिष दुवाडी

  • 7.1K
    SHARES
  • धादिङ । अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा धादिङबेसीमा भएको राष्ट्रिय फोटो पत्रकार समुह नेपाल ३ नम्बर प्रदेशको अध्यक्षमा धादिङका नारायण सिलवाल चयन भएका छन् भने धादिङ जिल्ला अध्यक्षमा मनिष दुवाडी चयन भएका छन। राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको उक्त प्रथम अधिवेशनबाट यस अघि धादिङ जिल्लाको अध्यक्षमा रहेर काम गरि सकेका सिलवाल अध्यक्षतामा चयन भएका हुन् । यस्तै ३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा सुदिप सिवाकोटी, सचिवमा राजन अधिकारी र कोषध्यक्षमा लोकेश लिम्बु सदस्यहरुमा कपिल खड्का, राजेन्द्र आचार्य, राजेन्द्र गजुरेल चयन भएका छन् । अधिवेशनले हरिहर सिंह राठौर र गिरिजा अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ । अध्यक्षमा निर्वाचित भए सँगै अध्यक्ष नारायण सिलवालले प्रदेशभित्र रहेका प्रत्यक जिल्लामा राष्ट्रिय फोटो पत्रकार समुह गठन गरिने र फोटो पत्रकारहरुको लागि क्षेमता अभिबृद्धिका लागि तालिम चलाईने बताए । धादिङ जिल्ला अध्यक्षमा मनिष दुवाडी सहित नौ जनाको कार्य समिति चयन भएका छ।
    २०७६ भाद्र २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - ००:१३:४२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology