शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतले सीमा क्षेत्र नजिकै ठूलो बाँध र सडक बनाएका कारण तराई डुबानमा : प्रचण्ड

भारतले सीमा क्षेत्र नजिकै ठूलो बाँध र सडक बनाएका कारण तराई डुबानमा : प्रचण्ड

  • 4.1K
    SHARES
  • जनकपुरधाम । जनकपुरमा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा०का) अध्यक्ष प्रचण्डले भारतले सीमा क्षेत्र नजिकै ठूलो बाँध र सडक बनाएका कारण तराई डुबानमा पर्ने गरेको दाबी गरे । ‘बहाव नै रोकिने खालले बाँध बनाउँदा तराई बाढीले डुब्छ,’ उनले भने, ‘त्यसैले सडक वा बाँध कस्तो खालको बनाउने विषयमा भारतले सहकार्य हुनुपर्छ।’ बाढीले तराई मधेसमा बर्सेनि ठूलो जनधनको क्षति पुर्‍याउने गरेको र दीर्घकालीन समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी ओली शर्मासँग समेत छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताए। उनले पीडितलाई राहत दिने कार्यभन्दा दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिए। अत्यधिक बाढी आउने तराईका सबै नदीनालामा तटबन्ध निर्माण गर्नुपर्ने औंल्याए। अध्यक्ष प्रचण्डले प्रदेश २ का बाढी पीडितका लागि विशेष प्याकेज लिएर प्रधानमन्त्री ओली छिट्टै आउने आश्वासन दिए। २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - २०:५३:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology