शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको मझिमटार बाट ८ किलो ५०० ग्राम गाँजा सहित ३ जना प्रक्राउ

धादिङको मझिमटार बाट ८ किलो ५०० ग्राम गाँजा सहित ३ जना प्रक्राउ

  • 6.7K
    SHARES
  •   धादिङ । धादिङको मझिमटारबाट लागु औषध गाँजा सहित तीनजना पक्राउ परेको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटारबाट प्रहरीले ८ किलो ५०० ग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । काठमाडौँबाट पोखरातर्फ जादै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको हो । गाँजासहित बसमा सवार कास्की जिल्लाको माछापुच्छ्रे नगरपालिका वडा नं ८ बस्ने १८ वर्षीय सन्जोक सुनारलाई पक्राउ गरिएको छ । सुनारलाई नियन्त्रण गरि अनुसन्धानका आधारमा स्कुटर चालक स्याङजाको चिनिबास बस्ने १९ वर्षीय नयन थापा मगर,स्कुटी पछाडी सवार कास्कीको लेखनाथ महानगरपालिका वडा नं ९ बस्ने १९ वर्षीय संगीत बिकलाई पनि पक्राउ गरिएको छ । उक्त लागु औषध गाँजा मलेखुबाट पोखरा तर्फ जादै गरेको ग १३ प ५०४९ नम्बरको स्कुटरमा सवार ब्यक्तिहरुको रहेको खुलेको छ । २०७६ भदौ ३ गते प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०४:४२:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology