शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ प्रहरीद्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना

धादिङ प्रहरीद्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना

  • 6.0K
    SHARES
  • धादिङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङका विभिन्न स्थानमा कार्यक्रम भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रहरीद्वारा ८ स्थानमा समाजमा हुने हिंसा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम भएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय सल्यानटारद्वारा त्रिपुरासुन्दरी २ शितलबवार‚ ईलाका प्रहरी कार्यालय फुलखर्कद्वारा गंगाजमुना ५ फुलखर्क‚ अस्थायी प्रहरी पोष्ट डुण्डरेद्वारा खनियावास १ बिरचेत‚ प्रहरी चौकी सेमजोङद्वारा नेत्रावती डबजोङ ३ चौतारामा जनचेतनामुलक कार्यक्रम गरिएको हो । यस्तै प्रहरी चौकी सेर्तुङद्वारा रुवीभ्याली २ तिप्लिङ गोठनदेवी प्रा.वि‚ प्रहरी चौकी सल्यानकोटद्वारा त्रिपुरासुन्दरी ५ चिसापानी र प्रहरी चौकी मैदीद्वारा ज्वालामुखी २ सातदोबाटोमा स्थानियवासीहरु लगायतको उपस्थितीमा महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा‚ लैङगिक हिंसा‚ घरेलु हिंसा‚ बालविवाह‚ बालयौन दुव्र्यवहार नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको प्रहरी प्रबक्ता तथा सुचना अधिकारी रुपक खड्काले जानकारी दिए । यसैगरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय दार्खाद्वारा खनियाबास ३ को कुरी‚ अस्थायी प्रहरी पोष्ट साधभन्ज्याङद्वारा ज्वालामुखी ४ को पुरसुक बाराकालिका माविमा मादक पदार्थ सेवन तथा विक्रि वितरण न्यूनिकरण र दुव्र्यसनले कसरी आपराधिक मनोवृत्ति बढाउँछ र ब्यक्तिलाई अपराध उन्मुख गराउँछ भन्ने विषयमा अन्तरक्रिया तथा छलफल गरी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी नलाङद्धारा सिद्धलेक ५‚ प्रहरी चौकी धुवाकोटद्वारा नीलकण्ठ १४ को मानेडाडा‚ प्रहरी चौकी मार्पाकद्वारा नेत्रावती १ नेवारचोक र प्रहरी चौकी बुढाथुमद्वारा गंगाजमुना ७ बुढाथुममा स्थानियवासीहरुको सहभागितामा विपद व्यवस्थापन सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको जनाईएको छ ।
    २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ०२:३४:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology