शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

३४ स्थानीय तह प्रमुख प्रशासकविहीन, सेवा प्रवाह कमजोर

३४ स्थानीय तह प्रमुख प्रशासकविहीन, सेवा प्रवाह कमजोर

  • 3.6K
    SHARES
  • काठमाडौं । ३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। कर्मचारी छिटोछिटो सरुवा भएर सुगममा जान थालेपछि स्थानीय तह रिक्त बनेका छन्। गाउँपालिका र नगरपालिकाको सचिव सरहका प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाह कमजोर बनेको छ। विकास निर्माणसमेत सुस्त छ। नगरपालिकामा उपसचिव तहका प्रमुख प्रशासक हुने व्यवस्था छ। तहमा ६८ हजार कर्मचारी दरबन्दी भए पनि २९ हजार मात्रै कार्यरत छन्। गत वर्ष खुल्ला विज्ञापन नभएको र आन्तरिक प्रतिस्पर्धाबाट बढुवा गरी पदपूर्ति नहुँदा पनि रिक्त स्थानमा पदपूर्तिमा समस्या देखिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ३४ स्थानीय तहमा प्रशासकीय अधिकृत र १८ जिल्लामा प्रमुख जिल्ला समन्वय अधिकारी रिक्त छन्। प्रमुख प्रशासकीय अधिकृत रिक्त भएपछि सर्लाहीको पर्सा गाउँपालिका प्रमुख किसनदेव रायले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ताकेता गरे। दुई वर्षयता लगातारको ताकेता पछि उनले गत असार मसान्तमा बल्ल कर्मचारी पाए। अन्नपूर्ण पोष्टमा खबर छ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १५:०७:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology