शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

७० जिल्लामा गुठी जग्गा अतिक्रमण, कति अतिक्रमण भयो भन्ने गुठी संस्थानसँग छैन तथ्यांक

७० जिल्लामा गुठी जग्गा अतिक्रमण, कति अतिक्रमण भयो भन्ने गुठी संस्थानसँग छैन तथ्यांक

  • 6.1K
    SHARES
  • काठमाडौं । देशभर गुठी जग्गाको अतिक्रमण बढेको छ । गुठी संस्थानका ७० जिल्लामा जग्गा छन् । अधिकांश जिल्लाका गुठी जग्गा अतिक्रमणमा परेका छन् । तर, कति अतिक्रमण भयो भन्ने तथ्यांक गुठी संस्थानसँग छैन । संस्थानका प्रवक्ता सरोज थपलियाले गुठीको जग्गाको यथार्थ विवरण नभएको स्वीकार गर्छन् । ‘संस्थानसँग एकीकृत र अधावधिक लागत नहुँदा कति जग्गा अतिक्रमणमा परे भन्ने यथार्थ विवरण पत्ता लगाउन सकिएको छैन,’ उनले भने, ‘तर जताततै गुठीका जग्गा अतिक्रमण भएको छ ।’ अधिकांश गुठी जग्गा अतिक्रमणमा पर्दासमेत सम्बन्धित निकायले अतिक्रमण हटाउन कुनै पहल गरेको पाइँदैन । सम्बन्धित निकाय मौन रहँदा अतिक्रमण हट्न सकेको छैन । अतिक्रमण रोक्न राजनीतिक दल र पहुँचवाला नै मुख्य चुनौतीका रूपमा रहने गरेको सरोकारवाला बताउँछन् । संस्थानले सामान्य प्रकृतिका अतिक्रमण हटाउन समस्या नरहे पनि जटिल प्रकृतिका अतिक्रमण हटाउन विभिन्न समस्या र चुनौती देखिएको जनाएको छ । संस्थानका प्रवक्ता थपलियाले भने, ‘जटिल प्रकृतिका जग्गाको अतिक्रमण हटाउन संस्थानलाई विभिन्न समस्या र चुनौतीको सामना गर्नुपरेको छ ।’ ‘सामान्य अतिक्रमण हटाउन संस्थानले नै पहल गर्ने गरेको छ । तर, जटिल प्रकृतिका अतिक्रमण हटाउन संस्थानको एक्लो पहल र प्रयासले मात्र सम्भव देखिएको छैन,’ प्रवक्ता थपलियाले भने । आजको राजधानी दैनिकमा खबर छ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १५:१२:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology