शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिवि प्राध्यापक बढुवा विवाद : अख्तियारको निगरानीमा छानबिन सुरु

त्रिवि प्राध्यापक बढुवा विवाद : अख्तियारको निगरानीमा छानबिन सुरु

  • 5.0K
    SHARES
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक बढुवाको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा छानबिन सुरु भएको छ। बढुवामा असन्तुष्ट समूहको उजुरीपछि अख्तियारले विश्वविद्यालय प्रशासनलाई पत्राचार गरी उजुरीमा लगाइएको आरोपमाथि छानबिन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम त्रिविले छानबिन समितिमार्फत अध्ययन सुरु गरेको छ। त्रिवि अर्थशास्त्र केन्द्रीय विभागकी प्रमुख कुशुम शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको उपकुलपति प्राध्यापक डा। तीर्थराज खनियाले जानकारी दिए। उक्त समितिमा त्रिविकै कानुनी सल्लाहकार नारायण खनाल पनि सदस्य छन्। खनियाले भने, ‘अख्तियारको निर्देशनअनुसार छानबिन समिति गठन गरिएको हो। समितिले प्रतिवेदन दिएपछि अख्तियारलाई पठाउँछौं।’ योग्य व्यक्तिलाई पाखा लगाएर आफू निकटलाई प्राध्यापकमा बढुवा गरेको आरोप लगाउँदै असन्तुष्ट सहप्राध्यापकहरूले अख्तियारसहित त्रिविकै पुनरावेदन आयोगमा उजुरी दिएका थिए। आफूअनुकूल नियम बनाउँदै प्राध्यापक बढुवा गरेको र योग्य व्यक्तिलाई पाखा लगाएको सेवा आयोगका पदाधिकारीमाथि आरोप लागेको छ। अर्थशास्त्र ९शिक्षा०, तथ्यांक शास्त्र (मानविकी), स्वास्थ्य, जनसंख्यालगायत विषयमा प्राध्यापक बढुवा गर्दा मनपरी गरेको उजुरीमा उल्लेख छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १५:२६:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology