शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओलीको मिर्गौलामा खराबी

प्रधानमन्त्री ओलीको मिर्गौलामा खराबी

  • 5.4K
    SHARES
  • काठमाण्डौँ । शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका गर्न बिहीबार अपराह्न सिंगापुरतर्फ गएका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको कार्यक्षमता र औषधिको प्रभाव सम्बन्धमा परीक्षण हुनेछ। दुवै मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि खराबी देखिएको छ । ओलीको शरीरमा एन्टिबडी देखिएको निजी चिकित्सक डा। दिलीप शर्माले बताए। डा। शर्माले भने, ‘प्रधानमन्त्रीको सम्पूर्ण स्वास्थ्य परीक्षण हुनेछ । उपचारको मोडालिटीबारे थप नयाँ कुरा पनि आउनेछन्।’ ओलीको उपचारका लागि सातदेखि दस दिनसम्म लाग्ने शर्माले बताए। प्रधानमन्त्री ओलीले यसअघि १० दिन (साउन १८ गतेदेखि २७ गतेसम्म) सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए। एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुर जानुपरेको डा। दिव्यासिंह शाहले बताइन्। डा। शाह सिन ओलीसँगै सिंगापुर गएकी छन्। अन्नपुर्णमा खबर छ । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - १६:१५:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology