शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जब प्रधानमन्त्री ओलीले नेपाललाई भने-"तपाईंले दिएको स्वास्थ्यलाभको शुभकामना चाहिँदैन"

जब प्रधानमन्त्री ओलीले नेपाललाई भने-"तपाईंले दिएको स्वास्थ्यलाभको शुभकामना चाहिँदैन"

  • 4.5K
    SHARES
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद चर्कंदै गएको छ। पार्टीमा नेताहरूको जिम्मेवारी बाँडफाँटसँगै मर्यादाक्रम हेरफेर गरिएपछि ओली र नेपालबीच सुरु भएको विवाद चर्कंदै गएको हो। ओली बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत अस्वीकार गरे। ओलीले आफ्नो स्वास्थ्यका विषयमा नेपालले नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै शुभकामना अस्वीकार गरेका हुन्। ओली सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। जवाफमा ओलीले ‘तपाईंको शुभकामना चाहिँदैन’ भनेका थिए। यसबारे नेपालले भने, ‘मैले उहाँ ९केपी शर्मा ओली० को स्वास्थ्य लाभको कामना गरें तर उहाँले चाहिँदैन भन्नुभयो। उहाँले किन त्यसो भन्नुभयो त्यो विषय म जान्दिनँ।’ नागरिक दैनिकमा खबर छ । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - १६:१८:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology