शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विप्लव समूहका जनसरकार प्रमुख भनिएका ढकाल पक्राउ

विप्लव समूहका जनसरकार प्रमुख भनिएका ढकाल पक्राउ

  • 7.0K
    SHARES
  • परासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए । ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् । विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका पनि छन् । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - २०:०६:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology