शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘चौतारीको बर’ लिएर आए सन्तोष, कम्मर मर्काउदै सन्दिप क्षेत्री

‘चौतारीको बर’ लिएर आए सन्तोष, कम्मर मर्काउदै सन्दिप क्षेत्री

  • 7.9K
    SHARES
  • काठमाडौँ । २०७० सालमा “मज्जा छुट्टै” एल्बम सार्वजनिक गरिसकेका गायक सन्तोष अधिकारी नेपाली गीत संगीत क्षेत्रमा परिचित नाम हो । करिव २ वर्षको अन्तराल पछि उनि फेरि आफ्नो उत्कृस्ट अर्ग्यानिक टेस्टको “चौतारीको बर” बोलको म्युजिक भिडियो लिएर दर्शक स्रोता माझ आएका छन। यस गीतमा स्वर सन्तोष अधिकारीको रहेको छ भने लय संकलन चर्चित संगीतकार दिपक शर्माको रहेको छ । गीतका शब्द सुमन बैरागी पण्डितले लेखेका हुन। रमाइलो डानसिङ प्याट्रनको गीतमा सन्दिप क्षेत्री र समिक्क्षा पोखरेलको अभिनय रहेको छ । भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन । चौतारीको बरको वरीपरि शुट गरिएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन भने बिकाश दहालले सम्पादन गरेका हुन । अर्जुन अधिकारीको निर्देशनमा बनको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । हाल युरोपमा रहेका गायक अधिकारीले ७० साल यता सिंगल ट्रयाक निक्लादै आइरहेका छन। करिव ५ बर्ष शास्त्रीय संगीत सिकेका उनले गीत, गजल र क्लासिकल फ्लेभरका गीत संगीत मार्फत स्रोता दर्शकलाई मनोरन्जन दिदै आइरहेका छन । २०७६ भदौ ६ मा प्रकाशित भिडियो हेर्न तल किल्क गर्नुहोला https://www.youtube.com/watch?v=vZsfbe_eB0g

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - ०२:०३:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology