शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिद्धलेकमा सञ्चालित कार्यक्रम तथा यसको प्रभावकारीता र उपलब्धिको समिक्षा

सिद्धलेकमा सञ्चालित कार्यक्रम तथा यसको प्रभावकारीता र उपलब्धिको समिक्षा

  • 8.1K
    SHARES
  • सिद्धलेक । सिद्धलेक गाउँपालिका ,हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम र अक्सफामको साझेदारीमा संचालित पुर्णिामा परियोजना कार्यान्वयन तथा अनुगमन समितिका संयोजक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । कार्यक्रमकम आर्थिक वर्ष २०७५,०७६ मा भएको कार्यक्रम तथा प्रभावकारीता र उपलब्धिको समिक्षा गरिएको थियो । कार्यक्रम सिद्धलेक गाउपालिकाको वडा नं १ देखि ७ सम्म १२ वटा मुल समूह र ४७ वटा उपहार समूह गरि ५९ समूह मार्फत सामाजिक पुजि बृद्रि तथा साना पशु बाख्रापालन गरि आय आर्जन बढाउने उदेश्यका साथ संचालनमा रहेको छ । कार्यक्रम मार्फत महिला समूह, बालक्लबलाई आधारसिला तालिम, उन्नत जातको बोका बोख्रा सहयोग ,सुधारिएको खोर निर्माण नश्ल सुधार ,घाँस खेती प्रबर्द्धन करेसाबारी व्यवस्थापन, पशुबस्तुलाई नाम्ले जुकाको अौषधी खुवाउने ,पिपिआरको भ्याक्सिन लगाउने लगायतका क्रियाकलाप मार्फत सामाजिक पुँजी र महिला शसक्तिकरण मझबुद बनाउने तथा बाख्राको उत्पादन र उत्पादकत्व बृद्धिका लागि बाख्रा पालक किसानको ज्ञान सीप र पहुँच वृद्धि गर्दै आम्दानी बढाउने कार्य भई रहेको छ । बैठकमा ,प्रमुख प्रशासकीय अधिकृत ,लक्ष्मण प्रसाद भट्टराई , वडाध्यक्षहरु, हेफरका कार्यक्रम व्यवस्थापक प्रेम स्याबयु, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, उपहार कृषि सहकारीको पदाधिकारीको उपस्थिति रहेको थियो। हाल सिद्धलेक गाउँपालिकाका कृषकहरुले व्यवसायीक बाख्रापालन शुरुवात गरेका पाईएको छ । बैठकमा किसानहरुमा पशुपालन गर्ने विधि प्रक्रियामा परिवर्तनले गर्दा आम्दानी र सकारात्मक बानि व्यवहारको विकास भएको तथ्यांक प्रस्तुत भएको थियोे । परम्मपरागत रुपमा बाख्रापालन गर्दै आएका किसानहरुले सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि स्बबलम्बी समूहमा आबद्ध भई व्यवसायिक बाख्रापालन थालनी गरेका पाईएको वडा नंं ४ का वडाध्यक्ष रामहरि बराकोटीले बताउनु भयो । गाउँबस्तीमा नै आएर पशुबस्तु व्यवस्थापन,सुधारिएको खोर निर्माण गर्ने तरिका सिकाएपछि गाउँघरमा व्यवस्थित बाख्रापालन शुरु गरेको बताउनु भयो । महिला समूहमा आबद्धता पछि आधारसिला,पशु व्यवस्थापन सम्बन्धि लगायत तालीमबाट ज्ञान तथा सीप हासिल गरी व्यवसायिक बाख्रापालनका लागि खोरगोठ,घाँस,सन्तुलित दाना,खनिज व्यवस्थापन, खनिज,ढिक्का, बाख्राको हेरचाह,महामारी रोगहरु साबधानी र नियन्त्रणका उपायहरु,नश्ल सुधार महत्व,गुणस्तरीय बाख्रा तथा बोका छनौट,बाहिरी परजिवीको बिषयमा ज्ञानले गर्दा कार्यक्रम शुरुमा समूह सदस्यहरुमा ४६३ माउ बाख्रा रहेकोमा हाल माउ बाख्रा संख्या ८७८ पुगेको छ । यसैगरी कुल माउ र पाठापाठी समेत गरि १ हजार २ सय ३६ रहेकोमा हाल २ हजार १७ वटा भएको पाईएको सिद्धलेक गाउँपालिका कृषि तथा पशु स्वास्थ्य शाखा छविलाल गुरुङले बताउनु भयो । बाख्रा संख्या सुधारिएको खोर निर्माण,नश्ल सुधार,पिपिआर खोप, नाम्ले जुकाको औषधी खुवाउने अभियान, कोशे र अकोशे घाँस खेती बिस्तार गर्न सहयोग पछि गाउँगाउँमा व्यवस्थित बाख्रापालन गर्ने किसान संख्या बृद्धि भएको पनि शाखा प्रमुख नेपालीले बताउनु भयो । सिद्धलेक गाउँपालिका, हेपर ईन्टरनेशनलको आर्थिक प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले सिद्धलेक गाउँपालिकाले प्रयास नेपाल र हेफर ईन्टरनेशनलसँको सहकार्यमा कृषक परिवारहरुलाई कृषकहरु संस्थामा संगठित गर्नका साथै व्यवस्थिपकिय क्षमता अभिबृद्धि गर्ने,बाख्राको उत्पादन र उत्पादकत्व बृद्धिका लागि बाख्रा पालन किसानहरुको ज्ञानमा बृद्धि गरी पशु स्वास्थ्यमा पहुँच वढाउने र उत्पादनमा सहयोग र अन्य व्यवसायमा सहयोग गर्ने लक्ष्य अनुसार भएको कामबाट उपलब्धीहरु देखिन थालेको सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो । कार्यक्रम संचालन पछि समुदाय तहमा महिला शसक्तिकरण उल्लेख तबरमा भएको साथै आम्दानी बृद्दि भएकोले कार्यक्रमको प्रभावकारी रहेको गाउँपालिका उपाध्यक्ष कमला शर्माको भनाइ रहेको छ । किसानहरुले समूह समूहमा बाखा,बोका उत्पादन बृद्धि भएसँगै बजारीकरणमा पनि सहकारी मार्फत बिक्री तौल गरेर बेच्न पनि थालेका कार्यक्रम अधिकृत बिशाल बस्नेतले बताए । साना किसानहरुले आम्दानीको स्रोत बृद्धि गर्न मद्दत पुगेको प्रयास नेपालका कारर्यकारी निर्देशक दामोदर अर्यालको भनाइ रहेको छ । स्थानीय स्तरमा भएको स्रोत,साधन,सीप र सानो लगानीबाट गर्न सकिने र बाख्रापालनको लागि उपयुक्त बातावरण भएको र बजारको समस्या नभएकाले गाउँपालिकाले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गरी आर्थिक रुपमा सम्बृद्ध गाउँपालिका बनाउने लक्ष्यमा सहयोगको लागि गाउँपालिकाले साझेदारीतमा कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले बताउनु भयो । बैठकमा संयोजक ईश्वरी कोईरालाले कार्यक्रमको शुरुवात देखि हालसम्म भएको प्रगति र राम्रो अभ्यास तथा आगामी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियोे । यसै गरि अक्सफामको साझेदारीमा प्रयास नेपालले संचालित पुर्णिामा परियोजना अन्तरगत भएको खानेपानी योजनाको प्रगति समिक्षा गरिएको छ । तेस्रो चरणमा सिद्धलेक गापाको वडा नं ४ मा चापडी,सुविटार, साँधखोला र वडा नं ५ मा आँपटार स्याखुटार खानेपानी योजना मार्फत घरघर खानेपानी व्यवस्थापन हुँदै गरेको प्रयास नेपालका अधिकृत रेनुका रुपाखेती बताउनु भयो । तेस्रो चरण सम्पन्न र चोथौ चरणमा संचालन हुने खानेपानी योजनाको दिगोपन र मर्मत संभारको लागि उपभोक्ता समिति,उपभोक्ताको साथमा ठुलो मर्मत संभार गर्न गाउँपालिकाले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - ०२:५२:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology