काठमाडौं । नायक जय किशन बस्नेतले निर्माण गरेको प्रदर्शोन्मुख चलचित्र “हिरो नं. १” को तेश्रो गीत सार्वजनिक भएको छ । आफैंले सञ्चालन गरेको युट्युव च्यानल मोबाईल टिभी मार्फत “के गर्नु मंगले आफ्नै ढंगले” बोलको तेश्रो गीत सार्वजनिक भएको हो ।
https://youtu.be/5pSLACJp44A
सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर समेत रहेको उक्त गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरुको संलग्नता रहेको देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा गरेका हुन् भने बिनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् ।
२०७६ भदौ ७ गते प्रकाशित
प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार -
०२:५०:२७ बजे