शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अन्तरिक्षबाट पृथ्वीमा बदमासी, अन्तरिक्षबाटै पूर्वपतिको बैंक खाता चलाएको अभियोग

अन्तरिक्षबाट पृथ्वीमा बदमासी, अन्तरिक्षबाटै पूर्वपतिको बैंक खाता चलाएको अभियोग

  • 3.7K
    SHARES
  • काठमाडौं । अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्। अमेरिकी अन्तरिक्ष संस्था ९नासा० ले यसको अनुसन्धान सुरु गरेको छ। र, उनले यसलाई स्वीकारेकी पनि छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता हेरेको तर कुनै गलत नगरेको म्याकक्लेनले न्युयोर्क टाइम्सलाई बताएकी छन्। पूर्वपति समर वोर्डेनले फेडेरल ट्रेड कमिसनमा यसबारे उजुरी गरेका छन्। सन् २०१८ डिसेम्बरमा अन्तरिक्ष यात्रामा निस्किएकी म्याकक्लेन ६ महिनामा पृथ्वी फर्किएकी थिइन्। उनले वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे/नरहेको निचोडमा पुग्न खाता हेरेको बताएकी छन्। सन् २०१४ मा विवाह गरेका उनीहरूले २०१८ मा सम्बन्धविच्छेद गर्न निवेदन दिएका थिए। नियमअनुसार जुन देशको अन्तरिक्षयात्रीले अपराध गरेको हो, त्यही देशको कानुन लागू हुन्छ। यसअघि यस्तो कुनै अपराधको घटना भएको छैन। प्रमाणित भएमा म्याकक्लेन पहिलो ‘अपराधी’ हुनेछिन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ । २०७६ भदौ ८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार - १४:५४:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology