शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रचण्डले पहिलो पटक बोलाए पार्टी सचिवालय बैठक

प्रचण्डले पहिलो पटक बोलाए पार्टी सचिवालय बैठक

  • 5.3K
    SHARES
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको बैठक बोलाएका छन् ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि उनको अनुपस्थितिमा पहिलो पटक सोमबार दिउँसो एक बजेको लागि बैठक बोलाएका हुन् । अध्यक्ष दाहालले बोलाएको सचिवालय बैठकमा पार्टीको ६ वटा महानगर कमिटीको अध्यक्ष र सचिव तथा प्रवास कमिटी गठनको एजेण्डामा छलफल हुने बताइएको छ । सचिवालयमा अध्यक्ष दाहालसहित, माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सदस्य छन् । नौं सदस्यीय नेकपा सचिवालय बैठक पहिलो पटक अध्यक्ष ओलीको अनुपस्थितिमा हुँदैछ । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - १५:०३:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology