शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रवि लामिछानेको बयानपछि दुवै पक्षका वकिलले बहस गर्ने

रवि लामिछानेको बयानपछि दुवै पक्षका वकिलले बहस गर्ने

  • 3.5K
    SHARES
  • काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा रहेका रवि लामिछाने र युवराज कँडेलको बयान जिल्ला अदालत चितवनमा आज हुँदैछ । जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अहिले युवराज कँडेलको बयान जारी छ । कँडेलको बयानपछि रवि लामिछानेको बयान हुनेछ । ‘रुकु’ भनिने अस्मिता कार्कीको बयान भने आइतबार नै भएको थियो । यसअघि सरकारी वकिलको कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ बमोजिम आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो । मुद्दा दायर भएपछि आरोपीहरुको बयान सुरु गरिएको हो । लामिछाने र कँडेलको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । बहसका लागि प्रतिवादीका पक्षबाट १५ जना कानुन कानुन व्यावसायी (वकिल) र वादीका तर्फबाट सरकारी वकिलसहित ६ जनाले बहस गर्नेछन् । अन्य दुई जना पनि बहसमा सहभागि हुने श्रेस्तेदार गिरीले बताए । गिरीका अनुसार बहस गर्ने कानुन व्यावसायीको संख्या बढ्न सक्ने छ । रवि र युवराजको बयानपछि दुवै पक्षका कानुन व्यवसायीको दुईतर्फी बहस हुनेछ । बहसपछि अदालतले आफ्नो आदेश सुनाउनेछ । जसमा पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्नेमध्ये एक आदेश हुने कानुन व्यवसायीको भनाइ छ । आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएको अवस्थामा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - २०:२४:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology