शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रहरीसँगको बयानमा रविले यस्तो भने !

प्रहरीसँगको बयानमा रविले यस्तो भने !

  • 4.0K
    SHARES
  • काठमाडौँ । आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रहरीसँगको बयानमा आफूले शालिकरामकी प्रेमिका भनिएकी अस्मतालाई नचिनेको बताएका छन् । उनले बयानमा भनेका छन, ‘रुकु भन्ने अस्मितालाई मैले चितवनको थुनुवा कक्षमा मात्रै चिनेँ ।’ रविले आत्महत्याको दुईरतीन दिनअघि अस्मिता न्युज २४ को कार्यलयमा आएको र क्यामेरामेन अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् । यस्तो छ रविको बयान  : कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे। करिब दुई महिना पहिले निजले ९शालिकले० मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो। घटनाको दुईरतीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ। मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको मत्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन्। निजले मर्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा निजले के(कति कारणले भने मलाई थाह छैन। तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाह पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ। २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - २३:०९:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology