शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी अँग्रेजी विद्यालयमा आमा भेला, तिज सभ्य रुपमा मनाउनुपर्नेमा साँसद श्रेष्ठको जोड

धुनिबेशी अँग्रेजी विद्यालयमा आमा भेला, तिज सभ्य रुपमा मनाउनुपर्नेमा साँसद श्रेष्ठको जोड

  • 6.7K
    SHARES
  • खानिखोला । धादिङको धुनिबेशी ८ खानिखोलामा रहेको धुनिबेशी अँग्रेजी आवासिय माध्यामिक विद्यालयमा आमा भेला तथा दर खाने कार्यक्रम भएको छ । नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा विद्यालयले विद्यार्थी र अभिभावक (आमा) हरुलाई लक्षित गर्दै आमा भेला तथा दर खाने कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्नुहुँदै सँघिय साँसद तथा कार्यक्रमका प्रमुख अतिथी बिना श्रेष्ठले कार्यक्रम चेली र माईतीको जमघट जस्तो भएको भन्दै यस्ता किसिमका कार्यक्रमले महिलाहरुमा आत्मविश्वास बढ्ने बताउनुभयो । उहाँले पहिले र अहिले तिज पर्व मनाउने तरिकामा परिवर्तन भएको भन्दै केहि पक्ष सकारात्मक भए पनि पर्वको नाममा हुने भड्किलो पक्ष सबैलाई पच्ने र स्विकार्य नहुने बताउनुभयो । तिज सभ्य र भव्य रुपमा सबैले समान रुपमा मनाउँदा सबैतिर सकारात्मक सन्देश जाने उहाँको भनाई थियो । यस्तै धार्केमा रहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्जको विशेष कार्यक्रममा बोल्नुहुँदै साँसद श्रेष्ठले महिलाका हरेक हक अधिकार र श्रमिक महिलाको अधिकारका लागि आफुले सँसदमा आवाज उठाईरहेको बताउनुभयो । यस्तै विद्यालयका अभिभावक, नेपाल कृषी तथा बगान क्षेत्र श्रमिक सँघ (फापुन) का केन्द्रिय कमिटी सदस्य, जिफन्ट धादिङका सँस्थापक अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी शुरेश आचार्यले विद्यार्थी व्यवहार र सर्टिफिकेटमा परिणाम देखिनुुपर्ने भन्दै शिक्षित व्यक्तित्व र शैक्षिक समाजले मात्रै सबै क्षेत्रमा परिवर्तन ल्याउन सक्ने बताउनुभयो । उहाँले यस्तो किसिमको तिजको कार्यक्रमले अभिभावकमा हौसला बढ्ने पनि बताउनुभयो । कार्यक्रममा विद्यालयका सँस्थापक अध्यक्ष केदार पाठकले गुणस्तरिय शिक्षाका लागि विद्यालयले कुनै विकल्प बाँकी नराखेको र अभिभावकमा पनि विद्यालय प्रति चासो अझै बढोस् भन्दै तिज पर्वको अवसरमा आमा भेला सँगै दर खाने कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस्तै कार्यक्रमका अतिथी तथा वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मीले आमा भेला कार्यक्रमले अभिभावकको मनोबल बढाएको बताउनुभयो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न प्रस्तुती राखेका थिए । यस्तै अभिभावक बिच गराईएको नृत्यमा २ जनालाई पुरस्कृत गराईएको छ । विद्यालयका प्रधानाध्यापक सि.डी. तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सँघिय साँसद बिना श्रेष्ठको प्रमुख आतित्थ्यता, विद्यालयका अभिभावक, नेपाल कृषी बगान क्षेत्र श्रमिक सँघ (फापुन) का केन्द्रिय कमिटी सदस्य तथा जिफन्ट धादिङका सँस्थापक अध्यक्ष शुरेश आचार्यको विशेष आतित्थ्यता, विद्यालयका सँस्थापक अध्यक्ष केदार पाठक, वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी, नेकपा जिल्ला कमिटी सदस्य रामकुमार गिरी, ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरिक्षक रुक बहादुर खड्का, समाजसेवी, पत्रकार लगायतको आतित्थ्यता रहेको थियो । २०७६ भदौ १० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७६ बुधवार - ०३:४०:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology