शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘छ माया छपक्कै’ को ‘जुनको जुनेली’ गीत सार्बजनिक चलचित्र आश्विन २४ मा देशभर रिलिज

‘छ माया छपक्कै’ को ‘जुनको जुनेली’ गीत सार्बजनिक चलचित्र आश्विन २४ मा देशभर रिलिज

  • 6.6K
    SHARES
  • काठमाण्डौ,
    फिल्म ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार बिहान ८ बजे यूट्युबमा सार्वजनिक गरिएको ‘जुनको जुनेली’ बोलको लोक शैलीको गीतमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । गीतमा बसन्त थापा र मिना निरौलाको स्वर छ ।
    राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक बसन्तकै संगीत छ । गीतमा दीपकराज र केकीबीच अंकुराउँदै गरेको प्रेमलाई उनिएको छ । साथमा, जितु र सुपुष्पाको प्रेम भाव पनि गीतले बोल्छ निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
    बुद्धि तामाङ र रजनी गुरुङको पनि अभिनय रहेको फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् ।
    हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मले ४० वर्ष उमेर अन्तरालको प्रेम कथा वाचन गर्ने बताइएको छ । जेठमा प्रदर्शनमा आएको फिल्म 'जात्रै जात्रा' पछि सुस्ताएको नेपाली फिल्मको बजारलाई यो फिल्मले केही हदसम्म व्यूँत्याउने अपेक्षा गरिएको छ
    आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन् । पहिलो पटक दीपक-दीपाको समुहले बाहिरी ब्यानरसँग सहकार्य गरेर ‘छ माया छपक्कै’ बनाएको हो । नाफाको ५० प्रतिशत लिने शर्तमा उनीहरुले यो फिल्म गरेका हुन् । फिल्मलाई रिलिज अगावै ‘स्योर सट’ हिट मानिएको छ ।
    भिडियो हेर्नुहोस्
    [embed]https://youtu.be/HsVJ4asMZ9Y[/embed]

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - २१:४३:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology