सन्तोष सुबेदी
तसर्पू । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ काम्राङ र आसपासका गाउँमा कुकुर आतँक मच्चिए पछि आज ११ वटा कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाईएको छ । थाक्रे गाउँपालिकाको पशु बिकास शााखा अन्तर्गत गाउँमा रहेका कुकुरहरुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाईएको स्थानिय हिरालाल तामाङले जानकारी दिनुभयो । हिजो मात्रै सोहि ठाउँ आसपासमा एउटा कुकुरले ९ जनालाई टोकेर घाईते बनाएको थियो । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको निर्देशनमा उक्त अभियान सञ्चालन गरिएको हो । अभियानमा पशुबिकास शाखाका प्राबिधिक सुरज कोईराला र एक गाउँ एक प्राबिधिक अन्तर्गत रामकृष्ण अधिकारीको टोलि परिचालन भएको थियो ।
यस अभियानलाई टोलगत रुपमा अन्य स्थानमा पनि लैजाने योजना रहेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनु भयो । बिहिबार बौलाहा कुकुरले टोकेर घाईते भएका केहि ब्यक्ति घर फर्किएका छन् भने केहि अझै उपचारकै क्रममा रहेको थाक्रे ४ कामराङबाट हिराराल तामाङले जानकारी दिनुभयो । कार्यक्रममा बौलाहा कुकुर कसरी चिन्ने, बच्ने लगायका बिषयमा जानकारी समेत गराईएको थियो ।
२०७६ भाद्र १३ गते प्रकाशित