धादिङ । धुनिबेशी नगरपालिका वडा नम्बर ८ का वडा सदस्य अर्जुन अच्छामीको निधन भएको छ । उच्च रक्तचापका कारण केहि दिन अघि घरमै एक्कासी ढल्नुभएका अच्छामीको उपचारका क्रममा मँगलबार दिउँसो ३ बजे नर्भिक अस्पतालमा निधन भएको धुनिबेशीका नेकपा नेता दिपक लामिछाने सुबोधले नागरिकपाटी डटकमलाई जानकारी दिनुभयो ।
अस्पतालका अनुसार अच्छामीलाई ब्रेन हेमरेज भएको र यसको अप्रेसन पनि सफल भएर स्वास्थ्यमा सुधार भैरहँदा एक्कासी निधन भएको खबर आएको लामिछानेको भनाई छ ।
२०७६ भदौ १७ गते प्रकाशित