शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीको बाह्रबिसेमा दुई घर पहिरोको जोखिममा, स्थानिय सडक अबरुद्ध

धुनिबेशीको बाह्रबिसेमा दुई घर पहिरोको जोखिममा, स्थानिय सडक अबरुद्ध

  • 5.3K
    SHARES
  • महेश्वर सुबेदी ,बाह्रबिसे । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ४ अन्त्रगतको आचार्यपोखरी बाह्रबिसे सडक पहिरोको कारण अबरुद्ध भएको छ ।पहिरोले साना ठुला सबारी आवतजावत गर्न कठीन भएको छ । ।ठाउँठाउँमा सडकमाथिबाट पहिरो आएकोले बाटो अबरुद्ध छ भने स्थानिय बाह्रबिसेका नर ब. कार्की र लक्षमण ठकुरिको घर पहिरोको कारण जोखिममा परेको छ । अन्य केहिको घर पनि पहिरोको जोखिममा छ । सडक नजिकै माथी घर भएको र सडक चौडा गर्ने क्रममा गरिएको कटिङ्का कारण आफ्नो घर जोखिममा परेको र पटकपटक सडक उपभोक्ता समितीलाई बाल लगाईदिन आग्रह गरेको तर अहिलेसम्म पनि वाल लगाउने काम नभएकाले घर जोखिममा रहेको नर ब. कार्कीले बताए।उक्त सडक गत असारमा मात्र प्रदेश सरकारको ५२ लाख बजेटमा ८ मिटर चौडा गरि ग्राबेल गरिएको थियो भने गत जेठमा नगरपालिकाको १५ लाख बजेटबाट खोल्साहरुमा मेशिनरी बाल निर्माण र ग्याबिन जाली लगाईएको हो।असार अन्तिममा ग्राबेलको काम सक्किएको उक्त सडक पिच जस्तै देखिन्छ तर लगातारको बर्षाका कारण अहिले धेरै स्थानमा सडक माथिबाट आएको पहिरोले क्षति पुर्याएको छ।उपभोक्ता समिती मार्फत प्रदेश सरकारको बजेटबाट काम गरिएको उक्त सडकमा प्राबिधिक स्टिमेट भन्दा धेरै काम भएकाले समिती ऋणमा रहेको समितिका एक सदस्यले बताएका छन ।
    २०७६ भाद्र २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - २३:०७:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology