शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्वयं सहायता कृषि सहकारी सँस्थाद्धारा वाख्रापालन सम्बन्धी तालिमको आयोजना

स्वयं सहायता कृषि सहकारी सँस्थाद्धारा वाख्रापालन सम्बन्धी तालिमको आयोजना

  • 6.1K
    SHARES
  • काठमाण्डौँ । वाख्रापालन व्यवसाय सम्वन्धिी ३ दिने तालिम सम्पन्न भएको छ । स्वयं सहायता कृषि सहकारी सस्थाको आयोजनामा रिल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सहकारीको सदस्यहरुलाई तालिम दिइएको हो । ३ दिने तालिमको पहिलो दिनमा परिचयात्मक कार्यक्रमबाट शुरु भएको हो । साथै तालिम अवधिभरको निती नियमको निर्माण अपेक्षा सङकलन तथा पुर्वपरिक्षा लगायत सहभागीको समुह विभाजन गरिएको थियो । औपचारिक कार्यक्रमको अन्त्यपछि तालिमको मुख्य विषयमा प्रवेश गरिएको थियो । नेपालमा कृषि क्षेत्रको महत्व तथा योगदान, वाख्रापालन व्यवसायको महत्व तथा सम्भाव्यता, नेपालको पालन गरिरहेका पशुपन्छीको संख्या, पशुपन्छीजन्य उत्पादन विवरण –दुध तथा मासु) विषयमा छलफल गरिएको थियो । त्यसैगरि तालिमको दोश्रो दिनमा वाख्रापालन व्यवसाय वढी भएका जिल्लाहरु, कृषि गणना २०६८ अनुसारको कृषक वर्गिकरण, व्यवसायिक वन्नको लागी आवश्यक पशुपन्छीको संख्या लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराइएको छ । साथै वाख्राको प्रजाति, घाँस खेती तथा पशुआहाराको व्यवस्थापन वाख्राको खोरको व्यवस्थापन तथा प्रजनन् स्वास्थ्यको विषयमा जानकारी गराइएको हो । त्यसैगरि तालिमको. तेश्रो दिनमा वाख्रामा लाग्ने प्रमुख रोग तथा तिनको रोकथाम, वाख्रामा लाग्ने वाह्य तथा आन्तरिक परजिवीहरु लगायतको विषयमा अन्तक्रियात्मक छलफल भएको छ । त्यसैगरि वाख्रापालन सम्बन्धि अभिलेख, कृषि विमा साथै वाख्रमा रोग लागेमा कसरी चिन्ने र यसको घरेलु उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी गराइएको छ । साथै तालिमको विच विचम वाख्रापालन व्यवसाय सम्बन्धि भिडियो डकुमेन्ट्री प्रदर्शनमार्फत पनि सहभागीहरुलाई जानकारी गराइएको थियो । सहभागीहरुले पनि तालिम अवधिभर निकै चासोका साथ अन्र्तक्रियात्मक शैलीमा तालिम प्रस्तुतिकरण गरिएको थियो । सहकारीको सदस्यहरुलाई व्यवसायिक रुपमा वाख्रापानल व्यवसायमाफर्त कसरी उत्प्रेरित गराउने र व्यवसायमार्फत उनीहरुको आयस्तर कसरी वृद्धि गर्ने भन्ने उद्देश्य सहित यो तालिम सञ्चालन गरिएको हो । तालिममा २३ जना सहकारीका सक्रिय सदस्यहरुको सहभागिता रहेको थियो भने थाक्रे गाउंपासलकाका नायव पशुस्वास्थ्य प्राविधिक सुरज कोइरालाले तालिमको प्रशिक्षण गराउनुभएको थियो । सहभागीहरुलाई तालिमको प्रमाणपत्र समेत वितरण गरिएको थियो । २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - ०२:४८:३४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology