शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"सिकेको ज्ञान सीप प्रयोग गरी व्यवसायिक बन्छौ"

"सिकेको ज्ञान सीप प्रयोग गरी व्यवसायिक बन्छौ"

  • 4.9K
    SHARES
  • गजुरी । गजुरी र बेनिघाटरोराङका गाउँपालिकामा परम्परागत रुपमा स्थानीय स्तरमा कृषिमा आधारित व्यवसाय संचालन गर्दै आएका कृषकहरुले ३ दिने उद्यमशीलता विकास तालीम पाएका छन् । सहभागीहरुले तालीममा सिकेको ज्ञान सीप व्यवहारमा लागू गरी सफल व्यवसायि बन्ने सहज भएको बताएका छन् । कार्यक्रममा सहभागी हिमाली सामुदायीक संस्थाछेपाङका सदस्य तथा कुखुरा व्यवसायी विशाल चेपाङले तालीमले लगानी र आम्दानीको लेखाजोखा गरेर व्यवसाय गर्नु पर्ने,व्यवसाय संचालन गर्दा ध्यान दिनु पर्ने कुराहरु,अपनाउनु पर्ने सावधानीहरु र सफल उद्यमी बन्न गर्नु पर्ने कुराहरु तालीमबाट सिकेको र उक्त सीप व्यवहारमा लागू गरी थप आम्दानी बृद्धि गर्ने सोच रहेको बताए । बिशालको जस्तै गठ्ठेडाँडा आत्मनिर्भर महिला समुहकी निर्मला चेपाङ, भस्मेखोला आत्मनिर्भर महिला समुहकी शान्ता चेपाङ,जलदेवी महिला समुहको कृष्णहरी चेपाङ, भँगेरी सामुदायिक विकास समाजका राम कुमारी चेपाङ र गजुरी १ का श्याम प्रसाद विसुन्केको पनि भनाइ रहेको छ । भदौ २२ आईतबारबाट शुरु भई मंगलबारसम्म संचालन भएको तालीम प्रयत्नशिल सामुदायिक विकास समाज प्रयास नेपाल धादिङ र प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्टसंगको साझेदारीमा सञ्चालित महिला संरक्षण तथा शसक्तिकरण कार्यक्रमको सहयोगमा गजुरी गा पा मा सम्पन्न भएको हो । बेनिघाट र गजुरी गाउँपालिकाका ७ जना महिला सहित १३ जनासहभागीता रहेका तालीममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,उपाध्यक्ष सिता ढुङ्गाना ,प्रयास नेपालका अत्तयक्ष सबिता अर्याल लगायतले सहभागीहरुलाई व्यवसायिक सफलताको शुभाकामना तथा सिकेको सिप व्यवहारमा लागू गरी पारवारिक आम्दानी बृद्धि गर्न सहभागीहरुलाई अनुरोध गर्नु भएको गजुरीबाट सामाजिक परिचालक उषा थापामगरले जानकारी दिनु भयो । परम्परागत रुपमा जिविकोपार्जनको लागि साना पशुपालन गर्दै आएको भए पनि व्यवसायिक रुपमा आम्दानीको लागि ज्ञान सीपको अभावमा रहेका ग्रामीण कृषकहरुलाई व्यवसायीक र उत्पादन बृद्धि तथा बजारीकरण गर्न सहयोग पुर्याउन उद्यमशीलता तालीम संचालन गरिएको कार्यक्रम संयोजक सुनिल केसीको भनाई रहेको छ । २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - ०२:५६:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology