शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकालाई किन चिढ्याउँदैछन् प्रचण्ड ?

अमेरिकालाई किन चिढ्याउँदैछन् प्रचण्ड ?

  • 4.0K
    SHARES
  • काठमाडौ । गत माघमा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता जुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा शब्दमा आलोचना गरे। गुवाइदोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे। नेपालबाट भौगोलिक रुपमा समेत धेरै टाढा रहेको र कूटनीतिक सम्बन्ध पनि खासै नभएको भेनेजुयलाका विषयमा दाहालले अमेरिकाको आलोचना गरेपछि त्यसबारे लामो समयसम्म चर्चा भयो। त्यो घटनाले नेपाल र अमेरिकाबीचको सम्बन्धमा समेत चिसो ल्याउने काम गरेको थियो। अमेरिकाको चर्को आलोचनापछि सम्बन्ध बिग्रिएको अनुमानका बीच दाहाल गत चैतमा श्रीमती सीताको उपचारका लागि अमेरिका गएर फर्किए। साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौंमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए। नागरिक दैनिकमा खबर छ । २०७६ भाद्र २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १६:०९:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology