शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पीआरधारी कर्मचारीको पक्षमा सर्वोच्चको फैसला

पीआरधारी कर्मचारीको पक्षमा सर्वोच्चको फैसला

  • 8.7K
    SHARES
  • काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा लामो समय अध्यापन गरेर अवकाश पाएका पीआरवाला शिक्षक र कर्मचारीको पेन्सन रोक्न गर्नु नपर्ने फैसला गरेको छ। शिक्षक र कर्मचारीले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले पेन्सनधारी शिक्षक र कर्मचारीको पक्षमा फैसला गरेको हो ।

    images
    images

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले निर्णय बदर गरेको हो । यद्यपि, फैसलाको पूर्ण पाठ भने आइसकेको छैन ।

    त्रिवि कार्यकारी परिषद्ले १ असोज २०७३ मा विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र लिने कर्मचारीको हकमा पेन्सन सुविधा कटौती गरेको थियो ।

    अदालतले त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गरेर अवकाश पाएका पीआरधारी शिक्षक र कर्मचारीलाई पेन्सन नदिनका लागि बनाइएको भूतप्रावी कानुन बदर हुने फैसला गरेको हो । राजधानी दैनिकमा खबर छ ।

    २०७६ असोज १२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - १५:११:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology