शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दशैंमा स्वस्थ खानपिन कसरी गर्ने ?

दशैंमा स्वस्थ खानपिन कसरी गर्ने ?

  • 7.5K
    SHARES
  • डा. ओम मूर्ति अनिल चाडपर्वमा नातागोता, इष्टमित्र तथा साथीभाइसँग भेटघाट गर्ने र खानपिन गर्ने गरिन्छ। त्यसमा पनि हिन्दू धर्मावलम्बी नेपालीकोे ठूलो पर्वको रुपमा रहेको दशैंमा त झन् खानपिन नै मुख्य हुन्छ। यसले शरीरलाई सकरात्मक प्रभाव पार्छ। दशैंमा खाने कुराहरु पनि जोडिने भएकाले ध्यान दिनुपर्छ। खाने कुरामा ध्यान दिए उत्साह र उमंग कायम रहन्छ। खानपिनमै ध्यान दिएनौं भने यसले पछि निकै असर पार्छ। दशैंलाई त मासुको पर्व हो भन्दा पनि परक नपर्ला। चाडपर्वकै बेलामा स्वास्थ्य सम्बन्धी दुर्घटना भएको हामी देख्छांै। अल्कोहल खाँदाखाँदै कतिपयलाई हृदयघात भएको पनि सुनिन्छ। यो बेलामा चिकित्सक पनि सजिलै भेटिदैनन्। गाउँमा राम्रो अस्पताल पनि हुँदैन। ज्यान नै जोखिममा पर्न सक्छ। के कुरामा दिने ध्यान ? दशैं शहरमा भन्दा गाउँमै गएर मनाइन्छ। शहर बजारमै बसोबास गर्नेहरु पनि यो बेला पहाड अथवा गाउँघर तिर फर्कन्छन्। यस्तो बेला हामीले धेरै कुरामा ध्यान दिनुपर्छ। यदि तपाईंले सुगर, प्रेसर, मुटु रोग, किड्नीमा समस्या छ र औषधि लिइरहनु भएको छ भने औषधि प्रयाप्त बोक्नुपर्छ। बीचमै आएर औषधि खान बन्द गर्नु हुँदैन। यसो भयो भने धेरै जटिलता, समस्याहरु आउँछन्। यदि यस्तो भइहाल्यो भने पनि तुरुन्त चिकित्सकहरुसँग सम्पर्क गरेर आवश्यक सल्लाह लिनुपर्र्छ। खानपिन नियमित खाने कुराभन्दा दशैंमा अलि विषेश परिकारहरु पकाउने गरिन्छ। वर्षभर मासु खान नपाउने परिवारले ऋण खोजेर भएपनि मिठो मसिनो खाने गर्दछन्। दशैंलाई मासुको पर्व हो भन्दा पनि फरक पर्दैन। दशैंमा प्राय मासु अत्यधिक खाने जुन परम्परा छ, यो पटक्कै राम्रो होइन। हामी एक दिन मासु किन्छौँ त्यसलाई चार–पाँच दिनसम्म फ्रिजमा राखेर खाँदा संक्रमणको सम्भवाना धेरै हुन्छ। वर्षभर पुग्ने कोल्स्टोर एकै दिन खान्छांैं। यो कुरा राम्रो होइन। मासु खाँदा मात्रा मिलाएर खानुपर्छ। मासु दैनिक कति खाने ? –रोतो मासु दुईदेखि तीन टुक्रा। –माछा दुईदेखि तीन टुक्रा। –सेतो मासु बढीमा पाँच टुक्रा। –अण्डा १ देखि २ वटासम्म। –अण्डा र मासुमा कोलेस्टेरोलको मात्रा धेरै हुन्छ। –प्रेसर, सुगर, कोलेस्टेरोल छ भने वा मुटु, किड्नीको समस्या छ भने यस्ता व्यक्तिहरुले धेरै मासु खानु हुँदैन। मदिरा सेवन कतिपयले पर्व भनेर दशैंमा मासु र मदिरा धेरै खाने गर्छन्। यो स्वास्थ्यका लागि राम्रो हुँदै होइन। थोरै मदिरा पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। थोरै समयमा धेरै मदिरा सेवन गरे मदिराको स्तर रगतमा धेरै हाइ हुने र त्यो व्यक्तिको मुटु तथा मष्तिस्कमा समस्या हुन्छ। कुनैपनि रोग नभएको व्यक्तिमा पनि थोरै समयमा वा एकै दिनमा धेरै मदिरा सेवन गर्दा हृदयघात निम्तिन सक्छ। पहिलेदेखि स्वास्थ्यमा समस्या भएका भए त्यस्तो व्यक्तिले मदिरा सेवन नै गर्नुहँुदैन। थोरै अल्कोहल, मदिरा, वाइन इत्यादि खाँदा पनि राम्रो हँुदैन थोरैले पनि शरीरलाई हानी हुन्छ। कोल्ड ड्रिङ्स चाडपर्वमा अल्कोहल नखाने व्यक्तिहरुले कोल्ड ड्रिङ्स खाने गर्दछन्। विभिन्न ब्राण्डका कोल्ड ड्रिङ्स बजारमा छन्। कोल्ड ड्रिङ्समा गुलियो रिफाइन कार्वोहाइडेट हुन्छ। यसमा जुन क्यालोरिन छ यो भनेको एकदमै नराम्रो हो। यो मुटुका लागि खतरा मानिन्छ। त्यसैले यसको सट्टा फ्रुटी, जुस, ताजा फलफूललगायत अरु कुरा खाँदा राम्रो हुन्छ। कोल्ड ड्रिङ्स, मासु, मिठाइ सकेसम्म रमाइलोका लागि अलिकति चाख्ने हिसावले खाँदा राम्रो हुन्छ। तर, धेरै खायो भने यसले पछिसम्मका लागि शरीरमा समस्या निम्त्याउँछ। धेरैलाई एक–दुई दिन खाँदा के हुन्छ र भन्ने लाग्छ। तर, यसले लामो समयसम्म असर गर्न सक्छ। फलफूल र सलादको प्रयोग धेरै ग¥यो भने मासुमा भएको कोलेस्टेरोलले पनि शरीरमा गएर धेरै असर गर्दैन। यसो गर्नसक्यो भने सबै चिज चाख्न पनि सकिने, रमाइलो पनि हुने र स्वास्थ्य पनि। मासु खाँदा ध्यान दिनुपर्ने –बासी, फ्रिजमा राखेको मासु नखाने –ताजा मासु किनेर खाने –कम बोसो भएको मासु छान्ने –घर ल्याइसकेको मासुमा पनि बोसो भए हटाउने –तेलको प्रयोग कम गर्ने –मसला कम राख्ने –मासुसँगै, सलाद, साग बढी खाने उसिनेको मासु खानुहोस् स्वास्थ्य राम्रो बनाउने हो भने उसिनेर मासु खानुपर्छ। स्वस्थ खसीबोका, कुखुरा लगायतको मासु प्रेसर कुकरमा लामो समय पकाएर झोलिलो बनाएर खानुपर्छ। कम मात्र चिल्लो प्रयोग गरी पकाउने र छाला निकालेर खाँदा राम्रो हुन्छ।
     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०७६ शनिवार - १९:०४:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology