शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गुपचुप पार्न खोजिएको थियो रौतहट घटना

गुपचुप पार्न खोजिएको थियो रौतहट घटना

  • 5.1K
    SHARES
  • काठमाण्डौँ । २०६४ सालमा रौतहटमा भएको बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घाइतेलाई इँटाभट्टा चिम्नीमा राखी जलाइएको घटना त्यतिबेलै गुपचुप पार्न खोजिएको भेटिएको छ । कर्तव्य ज्यान मुद्दामा मुछिएका प्रतिनिधिसभाका निलम्बित सांसद महमद अफ्ताव आलम १२ वर्षपछि पक्राउ परेपछि मिलेमतोमा घटना गुपचुप पार्न खोजिएको भेटिएको हो । बम बिस्फोटका क्रममा २२ जनाको ज्यान गएको थियो । घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो । रौतहटमा भएको बम बिस्फोट अध्ययन गर्न जाँदा आफूहरुमाथि आक्रमण भएको र घटना रहस्यमय भएको एक महिनापछि मानवअधिकारकर्मीले सार्वजनिक गरेका थिए । घटनास्थलबाट डेढ किलोमिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालयले बम बिस्फोटबारे थाहै नपाएको जवाफ दिएको थियो । तत्कालै प्रारम्भिक तथ्यको आधारमा सरकारले विज्ञको संलग्नतामा उच्चस्तरीय छानविन समिति गठन गरी घटनाको यथार्थ विवरण सार्वजनिक गर्न मानवअधिकारकर्मीले माग समेत गरेका थिए । २०६४ चैत २७ गते भएको बम बिस्फोटको घटनालगत्तै कसैले पनि अनुसन्धान गर्न सकेका थिएनन् । घटनाको अध्ययन गर्न कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदाय जान सकेका थिएनन् । नागरिक दैनिकमा खबर छ ।
    २०७६ असोज ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७६ बिहिवार - १५:४४:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology