शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकार द्धारा तिहारमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न आग्रह

सरकार द्धारा तिहारमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न आग्रह

  • 4.8K
    SHARES
  • काठमाडौं । सरकार द्धारा तिहारका बेलामा समाजमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरी तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र अपील गरेको छ । साथै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामागी उत्पादन तथा प्रशासन नगर्न आग्रह गरेको छ । भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न पनि अपील गरेको छ । यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृहले बताएको छ । मन्त्रालयले साथै यात्रामा सहजीकरण गर्न सुरक्षा निकायहरुबाट सहायता कक्ष राखिने र कुनै गुनासो भएमा सुरक्षा निकायलाई खबर गर्न पनि अपील गरेको छ ।
    २०७६ कार्तिक ०५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०७६ बुधवार - ००:५५:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology