शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चलचित्र मिस्टर नेपाली’को ट्रेलर रिलिज, भूवन केसी नयाँ अवतारमा

चलचित्र मिस्टर नेपाली’को ट्रेलर रिलिज, भूवन केसी नयाँ अवतारमा

  • 6.1K
    SHARES
  • चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । चलचित्रको ट्रेलर हेर्दा नायक केसी भिलेनको रुपमा देखिएका छन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारको अभिनय छ । निर्देशक भुषालले चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए । ‘अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ’ भन्ने मुल मर्म चलचित्रले बोकेको छ । चलचित्र कात्तिक २९ गतेबाट चलचित्र रिलिज हुनेछ । https://youtu.be/IuYvFl6SiqM  

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ७, २०७६ बिहिवार - २३:५१:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology