काठमाण्डौँ । कास्की अन्नपूर्ण गाउँपालिका घर भएका गणेश अधिकारीले पोखरा काठमाण्डौँ पैदलयात्रा गरेका छन् । कात्तिक १ गते देखी पोखराको पृथ्वीचोकबाट यात्रा सुरु गरेका अधिकारीले चार दिन हिँडेर कार्तिक ४ गते काठमाण्डौँ आईपुगेका हुन् ।
युवा पलायन र भ्रष्टाचार विरुद्ध हिँडेका उनी पहिलो दिन व्यास भूमि दमौलीमा बास बसे । दास्रो दिन कुरिन्टारको एउटा होटलमा बास बसे । उनले तेस्रो रात धादिङको गल्छीमा बिताए । चार दिन हिँडेर काठमाडौं छिरेका गणेशलाई त्रिविमा साथीभाइले स्वागत गरेका थिए । हिँडेर काठमाडौं आईपुगेका उनी विद्यार्थी मात्र होईनन् । कराँतेका ब्लयाक बेल्ट उनले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय गरी दुई दर्जन पदक जितेका छन् । २६ वर्षीय उनले यसअघि पनि चेलिबेटि बेचबिखन विरुद्ध अभियान चलाएका थिए ।
२०७६ कार्तिक ०८ गते प्रकाशित