शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शुभेच्छा र योगिशालाई सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार

शुभेच्छा र योगिशालाई सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार

  • 6.5K
    SHARES
  • काठमाडौं । नारी साहित्य प्रतिष्ठानद्वारा आयोजित सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । संस्थाका कोषाध्यक्ष डा. रेणुका सोलुले सञ्चालन गरेको सो कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीको अध्यक्षता र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण श्रेष्ठ रायनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोसिया खेलाडी एवम् कवि शुभेच्छा खतिवडा र बाल नृत्य कलाकार योगिशा खत्रीलाई, सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कारुहरू (सम्मानपत्र साथै नगद सहित) सम्मान गरिएको थियो । कार्यक्रममा सँस्थाका संरक्षक उषा शेरचन, जलेश्वरी श्रेष्ठ, उन्नती बोहरा (शीला) सल्लाहाकार रामप्रसाद दाहाल उपाध्यक्ष सन्ध्या पहाडी, विशिष्ठ कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, पुरस्कार अक्षयकोष दाता लक्ष्मीदेवी राजभन्डारीका सुपुत्र प्रणव राजभन्डारी, साहित्यकार तथा राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र के.सी., देवकला पराजुली लगायत अन्य दर्जनौं गन्यमान्य व्यक्तित्वको उपस्थिती रहेको थियो । संस्थाको गतिविधी र कार्यक्रमका बारेमा गीता कार्कीले आफ्नो मन्तव्य राखेकी थिइन् भने पुरस्कृत बालप्रतिभाका बारेमा सन्ध्या पहाडी र देवकला पराजुलीले पनि मन्तव्य राखेका थिए। पुरस्कृत बालप्रतिभाहरूले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । २०७६ कात्तिक २४ मा प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०७६ आइतवार - १८:२१:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology