शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विपिन कार्की अभिनित ‘सेल्फी किङ’ ट्रेलर (भिडियो)

विपिन कार्की अभिनित ‘सेल्फी किङ’ ट्रेलर (भिडियो)

नागरिक पाटी

२५, पौष २०७६
  • 6.1K
    SHARES
  •   काठमाण्डौ अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पोस्टर र टीजर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्मको ट्रेलर इमोसनल र इन्गेजिङ छ । एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको फिल्ममा अभिनेता विपिन ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् । जोकर हुलियामा प्रस्तुत भएका विपिनले फिल्मको ट्रेलरमा बोलेका संवादहरु घतलाग्दा छन् । फिल्ममा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।
    आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको निर्देशक विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका हुन् । दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह-निर्माता हुन् ।
    सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ । फिल्मको कथा दिमागमा फुर्नुको कारण सम्झँदै निर्देशक विशालले भने- ‘मैले एक पत्रिकामा एक चर्चित नेपाली हास्यकलाकारको आर्टिकल पढेको थिएँ । त्यहीँबाट ‘सेल्फी किङ’ को कथा जन्मिएको हो ।’ फिल्मले उठाएको कथा हरेक कलाकारको जीवनसँग मिल्न सक्ने उनले बताए ।
    ट्रेलर हेर्नुहोस्

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २५, २०७६ शुक्रवार - ००:५२:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology