शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक [भिडियो]

नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक [भिडियो]

नागरिक पाटी

२७, पौष २०७६
  • 6.3K
    SHARES
  • काठमाडौं। गायक बल बहादुर राजबंशीले नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक गरेका छन्। गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत तथा रिकेश गुरुङ्गको संगीत संयोजन छ। सन्देशजँग राणाको निर्देशन रहेको भिडियोमा क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ। यो गीत डान्सिङ्ग बिटमा रहेको छ। आफ्ना वगतका गीतहरु जस्तै यसलाई पनि दर्शकस्रोताले रुचाउनेमा विश्वस्त रहेको गायक राजबंशी बताउँछन्। नेपाली राजबंशी समुदायमा स्थापित गायक हुन्, बलबहादुर। बिगत ८ बर्षदेखि नेपाली संगीतमा सक्रिय राजबँशीले एक सय भन्दा बढी गीतमा आवाज भरिसकेका छन् भने आफैले दर्जनौँ नेपाली गीत ल्याईसकेका छन्। उनको चर्चा भ्याइस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएको छ। उनी ‘भ्याइस अफ नेपाल सिजन २’मा टप नाईनसम्म पर्न सफल भएका थिए। उनले ‘यसपालीत बिहे गर्नेहो’जस्ता सफल गीत स्रोता–दर्शकलाई दिईसकेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २७, २०७६ आइतवार - २३:२१:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology