शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

श्रीहरी दुलालको प्रस्तुती : सुन्दर लामिछाने र शान्ति रिजालको स्वरमा "बुट्टे रुमाल" सार्बजनिक

श्रीहरी दुलालको प्रस्तुती : सुन्दर लामिछाने र शान्ति रिजालको स्वरमा "बुट्टे रुमाल" सार्बजनिक

नागरिक पाटी

१७, माघ २०७६
  • 7.8K
    SHARES
  • राजु बोहरा काठमाडौँ । गायक सुन्दर लामिछाने र शान्ति रिजालको स्वरमा नयाँ काठे दोहोरी गीत ‘बुट्टे रुमाल’ भर्खरै बजारमा आएको छ । यही माघ १६ गतेबाट डिजिटल बजारमा आएको ‘बुट्टे रुमाल’ बोलको उक्त गीत ॐ शान्ती म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । लोकप्रिय गीत लाई पस्कने गायक सुन्दर लामिछानेले यस अगी पनि धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । २०५४ सालबाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले केहि समय अगाडी मात्रै अचार मिठो करेली बोलको गीत बजारमा ल्याएका थिए । ‘बुट्टे रुमाल’ बोलको गीतकी गायिका शान्ति रिजालले पनि यस भन्दा अगाडी धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । सुरुका दिनमा रहरमा यस क्षेत्रमा लागेको भए पनि अहिले संगीतको नशाले शान्तिलाई निरन्तरताको बाटोमा लम्क्याईरहेको छ । प्रस्तुति गीतमा लय सुन्दर लामिछाने र शिब नारायण जोशीको रहेको छ भने शब्द सुन्दर लामिछानेको नै रहेको छ । श्रीहरी दुलालको प्रस्तुतीमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुष्मा कार्की श्रीहरी दुलाल र सिर्जना कार्कीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । देबेन्द्र पान्डेको निर्देशन रहेको भिडियोलाई छायांकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नु होला । https://youtu.be/RM_3GT3_ENI
     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७६ शुक्रवार - २०:२२:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology