आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा स्कुटी दुर्घटना हुँदा बहिनी सहित अभिनेत्री महिमा सिलवालको मृत्यु

धादिङमा स्कुटी दुर्घटना हुँदा बहिनी सहित अभिनेत्री महिमा सिलवालको मृत्यु

शिवराज आचार्य

१, फाल्गुण २०७६
  • 8.4K
    SHARES
  • धादिङ । स्कुटर दुर्घटनामा परि नेपाली सिने अभिनेत्री महिमा सिलवालको निधन भएको छ। गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा उनको निधन भएको हो। घटनामा सो स्कुटरमा सवार उनकी बहिनी शर्मिला सिलवालको पनि निधन भएको प्रहरीले जनाएको छ । घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको हो। महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो। घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । कारवाही नामक सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री महिमाले अप्रिल फुल, चियर्स, दानव आदि सिनेमामा अभिनय गरेकी छिन्। सिनेमाका अलावा म्यूजिक भिडियो अभिनयमा पनि उनको सक्रियता थियो।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७६ बिहिवार - १८:११:१८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology