विपिन मल्ल
बैरेनी धादिङ । धादिङको गल्छी गाउँ पालिका र बागमती प्रदेश राजधानी हेटौडा जोड्ने सडकको सर्वेक्षण गरिएको छ । यदि यो बैकल्पीक मोटर बाटो बनेमा गल्छीबाट बागमती प्रदेश राजधानी ५२ किलोमिटरमा पुग्न सकिन्छ ।

धादिङको गल्छी गाउँपालीका र गजुरी गाउँपालीकाको सिमानामा पर्ने गैरी भन्ज्याङ थुम्कोबाट मकवानपुरको कैलास गाउँपालिका,राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका हुदै बागमती प्रदेशको राजधानि हेटाडौ ५२ किलोमिटरमा पुगिने भएकाले यस बैकल्पीक मोटर बाटोको सर्वेक्षण गरिएको हो ।

सर्वेक्षणमा जिल्ला समन्वय समितीका सभापति जगन्नाथ नेपाल, गल्छी गाँउपालिकाअध्यक्ष कृष्णहरि श्रेष्ठ , उपाध्यक्ष राधा तिमिल्सिना , ५ नंवर वडा अध्यक्ष प्रेम तामाङ ,६ नम्बरका अध्यक्ष राजन श्रेष्ठ ,७ नम्बर अध्यक्ष हरि खतिवडा,स्थानीय समाजसेविहरु नरेश खतिवडा ,केदार खतिवडा ,राजु रिमाल,केशव अधिकारी गाँउपालिकाका इन्जिनियर रवि अधिकारी र प्रभात बराल लगायतको टिम सर्वेक्षणमा गएको थियो ।
२०७६ फागुन ०३ गते प्रकाशित