धादिङ । संयुक्त दलित संघर्ष समिती गल्छि गाउँपालिका धादिङको आयोजनामा जाजरकोट –रुकुम पश्चिममा भएको जातीय नरसंहार घटना, विभत्स हत्या भएका ब्यक्तिहरु लाई न्यायको माग गर्दै गल्छि गाउँपालिका भित्र रहेका राजनितीक दल निकटका भातृ संघ, संगठन, दलित नेता, सामाजिक संघ संस्था, गल्छिवासी आम दलित नागरिक तथा मानवअधिकार कर्मीहरुको उपस्थितीमा शान्ति पुर्ण र्याली विरोध तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।

दलित सशक्तिकरण समाज, गल्छिका अध्यक्ष तथा संयुक्त दति संघर्ष समिती गल्छि गाउँपालिकाको संयोजक गोपाल बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा गल्छि गाउँपालिका कमिटीका सचिब रामशरण सेन्चुरी, दलित उत्थान पैरवी मञ्च नोपालका सचिब दिल वहादुर रम्तेल, गल्छि गाउँपालिका कार्यपालिका सदस्य मिठ्ठु विशुन्के, गल्छि गाउँपालिका वडा नं. ३,६,७ र ८ का वडा सदस्यहरु क्रमशः बच्चुराम बिक, रबिना बिक, मिठ्ठु बिक र कमला मिजार, त्यसै गरी दलित अगुवा तथा मानअधिकारकमीहरु शरण बिशुन्के, याकुप बिक, चन्द्र वहादुर रम्तेल, अष्ट्रराम रम्तेल, मनोज विशुन्के, सेतु बिक, सुब्बा सुनार, कुमार परियार, राजेश परियार लगायतको हस्ताक्षर रहेको ज्ञापन पत्र गल्छि गाउँपालिका मार्फत नेपाल सरकाको गृहमन्त्रालयमा बुझाईएको हो ।

ज्ञापनपत्रमा निम्नानुसार मागहरु रहेका छन् :
१. ५ जनाको हत्या र १ जना बेपत्ता हुने गरी घटाईएको उक्त सामुहिक हत्याकाण्डको ( सोती नरसंहार) सत्यतथ्य छानबिन गरी शिघ्र रुपमा दोषीहरु लाई हदै सम्मको कानुनी कार्वाही गरियोस ।
२. उक्त हत्याकाण्डको सिलसिलामा अझै सम्म बेपत्ता भएका १ जना गोविन्द शाही लाई यथाशीघ्र खोजी गरी सार्वजनिक गरियोस । साथै घटनामा घाईते भएकाहरुको स्वास्थ्य उपचार तथा घटना बाट बाच्न सफल १२ जना युवाहरु घटनाका साक्षीहरु र न्याय प्रतिको अभियानमा लागेका स्थानीय अभियान्ताहरु र मृतकका परिवारको आवश्यक शान्ति सुरक्षाको सुनिश्चितता गरियोस ।
३. रुकुम पश्चिम हत्याकाण्डका अतिरिक्त ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ पछि गरिएको छुवाछुत मुक्त राष्ट्र घोषणा र जातीय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) ऐन २०६८ लागु भए यता १८ जना दलितहरुको निर्मम हत्या भएको छ सयौँ जातीय छुवाछुत तथा भेदभावका घटनाहरु घटेका छन् र कोभिड १९ को लकडाउनको अवधिमा मात्र ३२ वटा घटनाहरु घटेका छन् । दुःखका साथ भन्नुपर्दछ कुनैपनि घटनामा राज्यका तर्फ बाट चित्त बुझ्दो न्याय प्राप्त भएको छैन । त्यसैले यस किसमका निकृष्ट, जघन्य अपराधिक घटनाहरु नदोहोरिन सुनिश्चितता गरियोस ।
४. संसदीय स्तरको छानबिन समिती गठन गरी, घटना लाई तोडमोड नगरी पीडीत लाई छिटो भन्दा छिटो न्याय दिने काम गरियोस ।
५.जातीय हत्याकाण्डमा मृत्युबरण गरेका युवाहरु लाई साँस्कृतिक रुपान्तरण अभियानका सहिद घोषणा गरी सम्पुर्ण पीडीत परिवारको लागि न्यायपुर्ण क्षतिपुर्तिको ब्यवस्था गरियोस ।
- दिल बहादुर रम्तेलको सहयोगमा