शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३३४ जना कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

नेपालमा थप ३३४ जना कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

नागरिक पाटी

२२, जेठ २०७७
  • 12.1K
    SHARES
  • नेपालमा थप ३३४ जना कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

    काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ। आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

    images
    images

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगको छ। पछिल्लो रिपोर्टअनुसार कर्णाली प्रदेश र प्रदेश २ का सबैभन्दा बढीमा कारोना पुष्टि भएको हो। पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएका छन्। योसँगै २९० जना कोरोनालई जितेर घर फर्केका छन्।

    विराटनगर गरिएको परीक्षणमा १ जना पोजिटिभ, नारायणी अस्पतालमा १, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८, हेटौँडामा गरिएको परीक्षणमा १२ जना, पोखरामा १६ जना, सेती अस्पतालमा ३ जना, भेरी अस्पतालको प्रयोगशालामा ४२ जना, धुलिखेल अस्पतालमा १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १०६, कोशी अस्पतालमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए। त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १६:४३:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology