शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अनलाइन सञ्चारमाध्यम संगठित, डिजिटल मिडिया नेटवर्क गठन

अनलाइन सञ्चारमाध्यम संगठित, डिजिटल मिडिया नेटवर्क गठन

सफलता आचार्य

२४, जेठ २०७७
  • 11.0K
    SHARES
  • अनलाइन सञ्चारमाध्यम संगठित, डिजिटल मिडिया नेटवर्क गठन

    धादिङ । धादिङ जिल्लामा दर्ता भएर संचालनमा आएका अनलाइनहरु एकतावद्ध हुँदै डिजिटल मिडिया नेटवर्क (डिएमएन) गठन भएको छ । धादिङमा दर्ता भएका अनलाइनहरुको जुम मिटिङमा भएको भेलाले केशव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङ गठन भएको हो ।

    images
    images

    भेलाले उपाध्यक्षमा गोमा थापा, सचिवमा नारायण सिलावल र कोषाध्यक्षमा आशिष ठकुरी, सदस्यहरुमा शिवप्रसाद देवकोटा (संजय), बद्री अधिकारी, दोलख गुरुङ, विवेक अर्याल र धर्मेन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

    भेलामा पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माले धादिङका अनलाइनहरु संगठित भएकोमा खुसी व्यक्त गरेका थिए । उनले अनलाइनहरुलाई व्यवस्थित र मर्यादिन बनाउन सहयोग पुग्नेमा आशा राखेका थिए । यस्तै दुई घण्टा सम्म चलेको उक्त भेलामा कृषि रेडियोका स्टेशन म्यानेजर सरोज पौडेलले धादिङका अनलाइनहरुको एकताको सन्देश जाने गरि डिजिटल मिडिया नेटवर्क धादिङले काम गर्नुपर्ने बताएका थिए । भेलामा सहभागीले अनलाईन सञ्चारमाध्यमलाई थप व्यवस्थित गर्दै नागरिकलाई सुचना प्रदानमा सक्रिय हुने बताएका छन् । 

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १८:३०:२५ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology