काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस ९कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ भने कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । उनीहरु मध्ये १५ जनाको मृत्यु भएको छ भने ५८४ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १६ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सल्यान, नवलपरासी र सिराहामा १२र१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०र १०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७र७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २र२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । इलाम, सुनसरी, धादिङ, म्याग्दी, सर्लाही र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।