शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतहुँदै खाडी मुलुक जान लागेका २१ महिलाको उद्धार

भारतहुँदै खाडी मुलुक जान लागेका २१ महिलाको उद्धार

नागरिक पाटी

१५, श्रावण २०७७
  • 10.2K
    SHARES
  • भारतहुँदै खाडी मुलुक जान लागेका २१ महिलाको उद्धार

    काठमाडौं । घरेलु कामदारका रूपमा भारतहुँदै खाडी मुलुक जान लागेका २१ महिलाको उद्धार गरिएको छ। लकडाउनको अवधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली महिलालाई स्वदेश फर्काएको हो।

    images
    images

    २१ मध्ये २० जनालाई परिवारसँग पुनर्मिलन गराइएको मन्त्रालयले जनाएको छ। कैलाली, दाङ, पर्वत, झापा, मोरङ, महोत्तरी, काभ्रेलगायतका जिल्लाका महिलाको उद्धार गरिएको मन्त्रालयकी उपसचिव गोमादेवी ढकालले बताइन्। गत मंसिरमा आठ जना, पुसमा सात जना माघमा पाँच जनाको समूह र एक जनालाई छुट्टै लगिएकोमा भारतको मणिपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई त्यहाँको प्रहरीले सुरक्षित आवासगृहमा राखेको थियो। सबैलाई मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास, नेपाल र भारतीय प्रहरी, माइती नेपालको समन्वयमा उद्धार गरिएको ढकालले जानकारी दिइन्।

    उनले भनिन्, ‘मन्त्रालयको नेतृत्वमा विभिन्न संस्थाको समन्वयमा उद्धार गरेका छौं, लकडाउनले गर्दा केही समय समस्या भएको थियो। तर, हामीले दूतावाससँगको सम्पर्कमा उद्धार गर्‍यौं।’ स्वदेश फर्काइएकामध्ये आठ जनालाई झापास्थित पुनस्र्थापना केन्द्रको जिम्मा लगाइएको छ भने बाँकी १३ जनालाई काठमाडौंको पुनस्र्थापना केन्द्रको क्वारेन्टाइनमा छन्। २१ मध्ये केही यसअघि पनि रोजगारका लागि खाडी मुलुक पुगेर फर्किएका छन् भने कोही पहिलो पटक जान लागेका अनुसन्धानबाट खुलेको छ।

    उद्धार गरिएकामध्ये एकजनामा डिप्रेसनको समस्या देखिएको र अन्यको स्वास्थ्य ठीक रहेको ढकालले बताइन्। ‘अहिले हामीले प्रायः सबैको स्वास्थ्य अवस्था बुझेर निजहरूको परिवारमा पुनर्मिलन गराएका छौँ। केहीलाई पुनस्र्थापना केन्द्रको क्वारेन्टाइनमा राखेका छौं’, उनले भनिन्। आर्थिक वर्ष २०७६र७७ मा एक हजार दुई सय १४ जनाको उद्धार भएको थियो। जसमध्ये मन्त्रालयको नेतृत्वमा एक सय १६ जनाको उद्धार भएको थियो। रासस

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७७ बिहिवार - ०८:०९:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology