शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शैक्षिक सत्र भदौ १ गतेदेखि सुरु गर्ने तयारीमा सरकार

शैक्षिक सत्र भदौ १ गतेदेखि सुरु गर्ने तयारीमा सरकार

नागरिक पाटी

१५, श्रावण २०७७
  • 7.4K
    SHARES
  • शैक्षिक सत्र भदौ १ गतेदेखि सुरु गर्ने तयारीमा सरकार

    काठमाडौँ । यस वर्षको विद्यालयको शैक्षिक सत्र भदौ १ बाट सुरु हुने भएको छ। मन्त्रिपरिषद्को निर्णयले नयाँ विद्यार्थी भर्ना र कक्षा सञ्चालन गर्दा विद्यार्थीको सङ्ख्या यकिन गरेर विद्यालय सञ्चालन गर्ने मन्त्रालयको प्रस्तावलाई स्वीकार गरेको हो।

    images
    images

    सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा चाँडै जारी गर्ने जानकारी पनि गराएको छ। २०७७ साल साउन १२ गते मन्त्रीपरिषद्ले गरेको निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रममा अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले विद्यालय सञ्चालनको लागि सरकारले गरेको निर्णय सार्वजनिक गरेका हुन्। निर्णयमा शैक्षिक सत्र २०७६ ७७ को नतिजा प्रकाशन गर्न बाँकी भएको भएमा नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको सख्यात्मक विवरण यकिन गर्ने निर्णय भएको जानकारी दिए।

    साथै भर्ना भएका विद्यार्थीको शैक्षिक विवरण उल्लेख गराउने र नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई पाठ्यक्रम वितरण गर्न बाँकी भए उपलब्य गराउने निर्णय पनि सरकारले गरेको छ।

    यस्तै विद्यालय सञ्चालनको लागि शिक्षकहरु विद्यालय पुगिसक्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा जारी गर्ने, विद्यालय भवनहरुलाई क्वारेनटाइन, आइसोलेशनको रुपमा सञ्चालन नगर्ने, क्वारेटाइन सञ्चालित विद्यालय भवनहरु जो अहिले प्रयोगमा छैनन्, तोकिएको मापदण्ड बजोजिम, स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने।

    यस्तै मन्त्री परिषद्ले विद्यालय, विद्यालय परिसर भित्र वा विद्यार्थी आगमनलाई प्रतिकुल असर पार्ने स्थलको निकट हुने गरी कोभिड १९ उपचार, नियन्त्रण वा रोकथामको लागि कुनै पनि संरचनाहरु नराख्ने निर्णय गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७७ बिहिवार - १७:३६:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology